Agronomists Meet 2021

बाली विज्ञ भेला, २०७८

मिति २०७८/०८/१३ गते भौतिक र अनलाइन उपस्थितिका बीच बाली विज्ञ भेला, २०७८ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारको सभा हलमा सफलतापुर्बक सम्पन्न भएको छ।उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, खुमलटारका निर्देशक डा, हरिकृष्ण श्रेष्ठज्युले गर्नु भएको थियो भने नार्कका बाली तथा वागवानी अनुसन्धान निर्देशक श्री राम बहादुर केसी प्रमुख अतिथीको भूमिकामा हुनुहुन्थ्यो ।नेपाल सरकारका विभिन्न निकायमा कार्यरत बाली विज्ञहरु, कृषि तथा बन वि.वि. र सु.प.बि.बि.का प्राध्यापकहरु, नार्क अन्तर्गतका केन्द्र प्रमुखहरु, कार्यक्रम संयोजकहरु र सम्पूर्ण बाली विज्ञहरु गरि ७५ जना यस कार्क्रमका सहभागीहरु हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन    श्री भीमसेन चौलागाईंले गर्नु भएको थियो।उक्त मिटिंगमा ३ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए जसमध्ये पहिलो प्रस्तुति नेपालमा बरिष्ठ बाली विज्ञको रुपमा २० औं वर्ष सेवा गरि हाल क्यानाडामा रहेको सरकारी सेवा Agri. & Agri. Food Canada, Ottawa मा प्रोजेक्ट डाइरेक्टरको हैसियतमा कार्यरत डा. कालिदास सुबेदीजीले “Sustainable Agricultural in Nepal: Lessons Learnt and Ways Forward” बिषयमा दिनु भएको थियो जुन नेपालको दीगो कृषि विकासमा अनुसन्धान, विकास र नीति निर्माण तहमा कार्यरत वैज्ञानिकहरुका लागि केहि मूल मन्त्रहरु सुझाउनु भएको थियो भने अर्को कार्यपत्र त्रि.बि.बि. किर्तिपुरका स.प्रा. डा. भरतबाबु श्रेष्ठले “Invasive alien species in Nepal: emerging threats and management options” विषयमा प्रस्तुत गर्नु भएको थियो । उहाँले नेपालमा कसरि वाह्य मिचाहा जीवहरु (रोग, किरा, झारपात आदी) चुनौतिको रुपमा देखा परिरहेका छन् र यिनको व्यवस्थापन कसरि गर्न सकिन्छ भन्ने वैकल्पिक उपायहरुका बारेमा प्रस्ट पार्नु भएको थियो । “बाली विज्ञान सम्बन्धि नार्कमा हाल संचालित मूख्य मूख्य परियोजनाहरु र विकास गरेका नविनतम प्रविधिहरु, अनुसन्धानमुलक समस्याहरु र समाधानका उपायहरु” बिषयको कार्यपत्र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका प्रमुख श्री टिकाबहादुर कार्कीले प्रस्तुत गर्नु भएको थियो । तिनवटै प्रस्तुति पछी व्यापक छलफल गरि हालका चुनौतिहरु र भावी कार्यदिशालाइ समेटेर संक्षिप्त प्रस्तुति रा. कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारका बैज्ञानिक डा. अमित तिमिल्सिनाले गर्नु भएको थियो । उक्त बैठकले किसानको घरखेतमा गरिने बाली विज्ञान सम्बन्धि अनुसन्धानको मोडेल, डाटा रेकर्ड र भण्डारण गर्ने बिधि र डाटा रेकर्ड म्यानुयल तयार गर्ने, रिमोट सेंसिंग (Remote sensing) सम्बन्धि अध्ययन अनुसन्धान,  विकसित प्रविधिहरुको सामाजिक आर्थिक विश्लेषण  र गुणस्तरीय अनुसन्धानका लागि नार्क, शिक्षण संस्थाहरु, कृषि प्रसार अनि किसानहरुका बीच कार्यमूलक साझेदारी गर्ने निश्कर्ष निकालेर ४:३० बजे समापन गरिएको थियो ।

सम्पर्कका लागि: टीका बहादुर कार्की (९८५११२१००२), राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार